आइतवार, कार्तिक ९ गते २०८३

२ सन्तानसहित आमा पोखरीमा मृत फेला घटना : थप दाइजो नपाएपछि हत्या गरेको आशंका

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । सर्लाहीको बह्मपुरी गाउँपालिकामा दुई सन्तानसहित आमाको पोखरीमा डुबेर मृत्यु भएको घटनामा हत्या गरेर पोखरीमा फालेको आरोप माइती पक्षले लगाएका छन् । साउन १३ गते  बह्मपुरी गाउँपालिका -३ भेल्ही निवासी संजीव कापरकी २५ वर्षीया श्रीमती रितेवादेवी कापर, डेढ वर्षीया छोरी र ९ दिन मात्रको नवजात शिशु (छोरा) को शव पोखरीमा फेला परेको थियो ।

घर पक्ष र वडाध्यक्षका अनुसार करिब ११ बजे राति रितेवादेवी आफ्ना बच्चाहरूसहित घरबाट निस्किएकी थिइन् । भोलिपल्ट बिहान बच्चाहरूसहित रितेवाको शव घरबाट टाढा चौरमा रहेको सूर्यवंश पोखरीमा मृत अवस्थामा तैरिरहेको भेटिएको थियो । पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

तर, माइती पक्षले तीनै जनाको हत्या भएको आरोप लगाएको छ । तीन वर्षअघि बिहे भएकी छोरीको दाइजो र पैसाको लालचमा हत्या गरिएको माइती पक्षले आरोप लगाउँदै आएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार