मंगलवार, आश्विन २७ गते २०८३

६.१ म्याग्निच्युडको भूकम्पले कति क्षति भयो ?

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भएको भूकम्पबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन ।प्रहरीका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ ।

भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार