सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्रीद्वारा ल्होसारको शुभकामना

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले यो पर्व मनाउने  सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन् । ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना । सबैको जय होस् ”, पृष्ठभूमिमा हिमाल पारेर शेर्पा समुदायको परम्परागत पोसाक लगाएका एक महिला र पुरुषको तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार