सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाइएका हुन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको बैठक बोलाएको जानकारी दिए। बैठकमा समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने घिमि रेले बताए।

तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीले बैठक बोलाए पनि आजको बैठकमा प्रधानमन्त्री आफैँ भने सहभागी नहुने जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार