काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो । आज चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार नौ सय ४५ रुपैयाँ थियो ।