मंगलवार, आश्विन १३ गते २०८३

डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुगे जेलेन्स्की

आइतवार , फाल्गुण १८, २०८१

एजेन्सी ।  रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्। 

बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन्। 

बेलायत पुगेपछि जेलेन्स्कीले स्टार्मरसँग बेलायतजस्तो मित्र आफूहरुसँग रहेको भन्दै खुसी व्यक्त गरे। साथै उनले युद्धमा साथ उभिएकोमा बेलायतलाई धन्यवादसमेत दिएका छन्। 

यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए। जहाँ दुवै नेताबीचको भेट नोकझोकमा परिणत भएको थियो। 

जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य आपूरतिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन्। जसलाई रुसी सम्पत्तिको प्रयोग गरी ऋण चुकाइने छ। जो हाल जफत गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार