आइतवार, आश्विन २५ गते २०८३

एमाले स्थायी कमिटी बैठकद्वारा विधान संशोधन प्रस्ताव पारित

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको र यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुने जनाइएको छ ।  एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सवै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।

तर पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला एकलौटी रुपमा विधान अधिवेशन गर्ने तयारमिा जुटेको ओली पक्षले अध्यक्ष र महासचिव बाहेक अन्य पदपछि मनोनित गर्ने प्रस्ताव अघि सारेको छ । विधान संशोधन गरेर पार्टीबाट बरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । 

निवर्तमान अध्यक्ष पार्टीको बरिष्ठ नेता रहने प्रचलन एमालेमा छ । यस्तै पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ । एमालेमा एक अध्यक्ष, एक बरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार