आइतवार, आश्विन २५ गते २०८३

बेत्रावतीको फलाकु खोलामा 'एक्रो बेली ब्रिज' सञ्चालनमा

आइतवार , आश्विन २५, २०८३

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको नेपाली सेनाले आज एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

बेली ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने यात्रु र सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो । बेली ब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार