मंगलवार, आश्विन २७ गते २०८३

बानेश्वर स्थित गैरीगाउँबाट ठगी गरेको आरोपमा एक महिला पक्राउ

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वर स्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने कल्पना गैरे रहेकी छिन् ।

जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई शुक्रवार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो । काठमाडौंका एसएसपी विश्व अधिकारीले उनलाई अस्पताल बस्ने सुविधा दिएका छन् ।

गैरेलाई अल्का अस्पताल ललितपुरमा राखिएको छ । पहुँच नभएका व्यक्तिहरू पक्राउ पर्दा प्रहरीले अस्पताल बस्ने सुविधा दिँदैन । अस्पतालमा पठाउँदा निश्चित पक्रिया पुरा गर्नुपर्ने कार्यविधि भएपनि गैरेको हकमा सो कार्यविधि लोत्याइएको छ । उनलाई अस्पताल राखिएको बारेमा जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गैरेविरुद्ध गणेश ढकालले जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका अधिकृतहरूले आफूलाई फोन गरेर ‘किन झुटा मुद्दामा जाहेरी दिएको ?’ भनेर हप्काएको उनले बताएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार