सोमवार, आश्विन १९ गते २०८३

सरकार असफल साबित भइसकेको जसपा नेपालको निष्कर्ष

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष निकालेको छ ।

आजबाट सुरु केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदन मार्फत् यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी यो सरकार कोरा नारामा मात्र सीमित रहेको बताएका छन् । उनको प्रतिवेदनमा भनिएको छ,  ‘सरकारप्रति जनताको नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनैपनि ठोस नीति कार्यक्रम तथा योजना देखिन्न, ।’

हरेक हिसाबले असफल भइसकेको सरकारको आयु बढाउन साना दललाई कमजोर बनाउने खेल भइरहेको उनले बताएका छन् । प्रतिवेदनमा  ‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयू लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ ।

सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो, ।’ यादवले साना दलहरुको अस्तित्व निषेध गर्ने कुरा लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार