काठमाडौं । विश्वकप विजेता इटालियन लिजेन्ड गोलकिपर जियानलुजी बुफोनले नेपालले पनि विश्वकप फुटबल खेलेको हेर्ने चाहना रहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिकाे रुपमा सहभागी हुन आइतबार नेपाल आएका उनले नेपालले पनि विश्वकप खेलेको हेर्न चाहेको भएकाे भन्दै त्यसका लागि धेरै राम्रो मेहनत र लगानी आवश्यक रहेको बताए ।
उनले भने,‘म नेपालले पनि विश्वकप खेलेको हेर्न चाहन्छु । त्यसका लागि धेरै राम्रो मेहनत र लगानी गर्नुपर्छ स्टुडियममा र त्यहाँसम्म पुग्नको लागि ठूलो सपना देख्नुपर्छ ।’