आइतवार, आश्विन २५ गते २०८३

जसपाले अध्यक्ष ठाकुरसहित कार्यकारिणी समितिका १६ नेतालाई हटायो

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा अब ३५ सदस्यीय भएको छ ।

जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन ।

कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार