सोमवार, आश्विन १९ गते २०८३

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : शेरबहादुर देउवा

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार व्यक्त गरेका छन् । आज प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो धारणा राखेका हुन् ।

सभापति देउवाले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताएका छन् । ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुनसक्छन् । यी सबै कुराहरुलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रुपमा अगाडि बढाउन सक्नुपर्दछ,’ उनले भने ।

सभापति देउवाले वर्तमान सरकार सफल हुने दाबी गरेका छन् । सत्तामा प्रमुख दल कांग्रेस-एमाले भएपनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको बताएका छन् । उनले भने, ‘अरु पार्टीका साथीहरु पनि सरकारमा समावेश हुनुभएको छ । अत्यन्तै राम्रो कुरा हो ।’

उनले नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दल आवश्यक हुने पनि बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार