मंगलवार, आश्विन १३ गते २०८३

च्याम्पियन्स ट्रफी: आज भारत र अस्ट्रेलियाको सेमिफाइनल भिडन्त

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । भारत र अस्ट्रेलियाबीच च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल दुबईमा मंगलबार अपराह्न हुँदैछ। नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सो खेल सुरु हुनेछ। दुबईको टर्निङ पिचमा भारतलाई बलियो दाबेदार मानिएको छ।

पाकिस्तानमा खेल्न नजाने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेपछि आइसिसीले हाइब्रिड मोडलमा प्रतियोगिताको तयारी गरेको छ। लाहोर र कराँचीको बाउन्स पिचमा कुनै पनि खेल खेल्न नपरेपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियाको सामु भारतलाई लाभ मिलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार