मंगलवार, आश्विन १३ गते २०८३

विश्वविजेत बुफोन २०२५ को पर्यटन दूत नियुक्त

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । विश्व फुटबल जगतका लिजेण्ड फुटबलर जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ ।

केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवर्द्धनको लागि पर्यटन राजदूत नियुक्त गरिएको हो ।

केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो ।

सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका गोलरक्षक बुफेनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार