मंगलवार, आश्विन १३ गते २०८३

युक्रेनलाई दिइने सबै सहयोग रोक्ने अमेरिकाको घोषणा

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्यवाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले जनाएको छ ।

ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार