सोमवार, आश्विन १९ गते २०८३

सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी रहेको छ । सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ ।

भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरूले सांसदहरूलाई ह्विप जारी गरिसकेको छ । भोलिको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये पाँच वटा निर्णयार्थ पेस गर्ने तयारी रहेको छ ।

जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार