काठमाडौं । आज सेयर बजार ३०.३६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २८४६.३० विन्दुमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको कारोबार भएको छ । ४१ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ भने ५ वटाको अघिल्लो मूल्यमै कारोबार भइरहेको छ । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशतले घटेका छन् ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशतले मूल्य बढेको छ । सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशतले मूल्य घटेको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भएको छ ।
अघिल्लो दिन यस कम्पनीको १ अर्ब ३८ करोडको कारोबार भएको थियो । आज १ अर्ब ९ करोडको कारोबार भएको छ । हिमालयन पछि घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर, सिन्धु विकास बैंक र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेका छन् ।