आइतवार, आश्विन २५ गते २०८३

ओलीलाई वामदेवको कटाक्ष : माफी दिने र गद्धार घोषणा गर्ने अधिकार अध्यक्षलाई थपौँ

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति इंगित गर्दै आम माफी दिनेर गद्धार घोषणा गर्ने अधिकार अध्यक्षलाई थप्न कटाक्ष गरे । सोमबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनि केन्द्रिय कमिटी बैठकमा भने बसेनन् ।

विधान संशोधन प्रस्तावमा छलफल गर्न बसेको बैठकमा गौतमले वरिष्ठ नेता माधव नेपालप्रति अध्यक्ष ओलीले देखाएको व्यवहारको कडा आलोचना गरेका हुन् । अध्यक्ष ओलीले मनपरी गरेको भन्दै विधान संशोधन गर्दा अध्यक्षका अधिकारहरूमा त्यसलाई पनि विधानमै राख्न माग गरे । 

ओलीले नेता नेपाललाई गद्दार, देशद्रोहीको आरोप लगाउनुका साथै  पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै अहिलेसम्म भएका गल्तीमा आममाफी दिने घोषणा गरेका थिए । ओलीका अभिव्यक्ति र व्यवहार कुनै पनि कम्युनिष्ट पार्टिको विधानमा उल्लेख नभएको र यस्ता आरोपहरू लगाउने नगरिएको भन्दै गौतमले यो विषय उठाएका हुन् ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार