सोमवार, आश्विन १९ गते २०८३

भोलिको संसद् बैठकमा अध्यादेश पेस गर्ने कार्यसूची

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौँ । माघ १८ गते पेस भएका ६ मध्ये ५ अध्यादेशलाई बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने तयारी छ । 

आज मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो। 

अध्यादेश संसद् बैठकको कार्यसूचीमा दोस्रोपटक राखिएको हो। यसअघि माघ २४ गते पनि कार्यसूचीमा राखेर स्थगित भएको थियो।  

संसद्‌मा पेस भएका ६ अध्यादेशमध्ये पाँच वटा मात्रै निर्णयार्थ पेस हुनेछ। यसका लागि दलहरूले सहमति गरिसकेका छन्। दलहरूले सहमति गरेपछि आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीमा समावेश गरेका हुन्। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार