मंगलवार, आश्विन १३ गते २०८३

अफगानिस्तान यू-१९ टोलीले नेपालमा आएर वान डे शृंखला खेल्ने

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । अफगानिस्तानको यू-१९ क्रिकेट टोलीले आउँदो अप्रिलमा नेपाल भ्रमण गर्ने भएको छ ।

सो क्रममा नेपालको यू-१९ टोलीसँग तीन खेलको वान डे शृंखला खेल्ने छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार अफगानिस्तान युवा टोलीको भ्रमणबारे जानकारी गराएको हो । शृंखला अप्रिल ३ देखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो वान डे खेल ३ अप्रिल, दोस्रो ६ अप्रिल र तेस्रो ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोली हाल प्रशिक्षणमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार