मंगलवार, आश्विन १३ गते २०८३

च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यस खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ ।

दक्षिण अफ्रिका समूह बी को विजेता तथा न्युजिल्याण्ड समूह ए को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । दक्षिण अफ्रिका यस प्रतियोगितामा हालसम्म अपराजित छ भने न्युजिल्याण्ड भारतसँग पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले समूह चरणमा अफगानिस्तान र इंग्ल्याण्डलाई हराएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले नतिजाविहीन भएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार