सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार