काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु १ ज ४४६० नम्बरको जीप दुर्घटना भएको हो । पर्वत जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार दुर्घटनामा कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचन र पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्यायको मृत्यु भएको छ ।
घाइते भएका ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य रहेको छ । २ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ । प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेकका छन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।