मंगलवार, आश्विन २७ गते २०८३

प्रहरीलाई यस्तो बयान दिए अमेरिकाबाट डिपोर्ट भएकाहरुले

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । नेपाल प्रहरीले अमेरिकाको निष्कासनमा परेर  नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । नेपाल फर्काइएपछि उनीहरूलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगेर सोधपुछ भइरहेको छ ।

व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भइरहेको बताएका छन् । प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उलङ्घन गरेर फर्काइएको पाइएको उनले बताएका छन् ।

त्यस्तै उनीहरुले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले बताएका छन् । आज अमेरिकाबाट चार्टर विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनकारी दिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन् । डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा कुनै कारबाही गरिने छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार