सोमवार, आश्विन १९ गते २०८३

ऊर्जामन्त्री दीपक खड्काले भने– कुलमानले समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अंक दिइएको हो

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

तनहुँमा आज सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगर्ने दाबी पनि गरेका छन् । मन्त्री खड्काले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ, ।’ उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा उनले भने, ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो, ।’

कुलमानलाई भएको मूल्याकंनबारे आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले पनि प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार