मंगलवार, आश्विन १३ गते २०८३

नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न उत्साहित छौँ : कप्तान किरण

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन्।

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका थिए। 

सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन्।

प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे। कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे।

टोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ। प्रशिक्षक म्याटले केही उपाधिहरू भित्राउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार