सोमवार, आश्विन १९ गते २०८३

तपाईँलाई किन नहटाउने ? भन्दै मन्त्रिपरिषद् बैठकले सोध्यो कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो । 

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो । उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार