सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा थपिए ३६५१ नयाँ संक्रमित, २२ जनाको मृत्यु

सोमवार , श्रावण २५, २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ४४५ पीसीआर परीक्षणमा २ हजार ६०९ जना र एन्टिजेन विधिद्वारा गरिएको ६ हजार १४९ परीक्षणबाट १ हजार ४२ जना गरी जम्मा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । सोही अवधीमा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार