सोमवार, आश्विन १९ गते २०८३

देउवाले भने– कांग्रेस बलियो भए मात्रै देश समृद्ध हुन्छ

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।

आज पार्टी कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउँदै उनले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको जानकारी दिएका छन् ।

देउवाले भने, ‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ, कांग्रेस पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’ उनले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको देउवाले बताएका छन् ।

उनले भने, ‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ, ।’ ‘साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ, उनले भने, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार