सोमवार, आश्विन १९ गते २०८३

कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने हो ? ऊर्जामन्त्रीको प्रश्न

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जे भन्छन् सो कुरा मान्नुपर्ने हो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् ।

आजको प्रतिनिधिसभामा बोल्दै मन्त्री खड्काले कुलमानले विद्युत प्राधिकरण नाफामा गएको भनेर झुट बोलिरहेको बताएका छन् । उनले भने, ‘आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्, नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान जनताले । कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने ?’ त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् । उनले कार्यसम्पादन मूल्यांकनमा सहभागी नभएको कारणले शून्य अंक दिएको बताएका हुन् । ‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो । तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो, ।’

उनले भने, ‘एकैचोटि पुसमा ल्याएर उहाँले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ?’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार