सोमवार, आश्विन १९ गते २०८३

कुलमानका विषयमा मन्त्री खड्काले झुटा विवरण प्रस्तुत गरेको राजेन्द्र लिङदेनको आरोप

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका छन् । उनले कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफुहरु त्यस्ता कर्मचारीको पक्षमा उभिने बताएका छन् ।

३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्व खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविधुत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखेका छन् । लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित बिपरित कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव  दिएका छन् ।

उनले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरुबाट २२ अर्व रुपैयाँ नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने बताएका छन् । उनले आफ्नो स्वार्थका लागि कुलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थीति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार