आइतवार, श्रावण २४ गते २०८३

मेयरको कार्यकालपछि बालेनको बाटो माओवादीतर्फ हो ?

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली  घरमा पुगेका छन्।

तराई मधेस जागरण अभियान हिडेका प्रचण्ड बिहीबार महोत्तरीस्थित बालेको घरमा पुगेका हुन् । माओवादीले तराई-मधेस जागरण अभियान सञ्चालन गरिरहेको छ। सो क्रममा महोत्तरीमा आयोजित कार्यक्रम मेयर शाहको पुर्ख्यौली घरमा भएको हो ।

मेयर शाहको पुर्ख्यौली घर भाडामा लिएर एकडारा गाउँपालिका कार्यालय राखिएको छ। यस घरमा मेयर शाहका परिवार बस्दैनन्। मेयर शाहको काठमाडौंस्थित सिनामंगल क्षेत्रमा घर छ। बालेन शाहको क्षेत्र भएकाले यहाँ बालेनको क्रेज छ । त्यसको फाइदा प्रचण्डले लिन खोजेका हुन् । त्यहाँ प्रचण्डले बालेनको निकै तारिफ गरेका थिए ।

आफूहरुले ल्याएको व्यवस्थाले नै अहिले प्रचण्ड त्यहासम्म पुगेको प्रचण्डको भनाइ थियो । साथै उनले बालेन लोकतन्त्रमा फुलेको सुन्दर फुल भएको बताउदैँ त्यस्ता फुलहरुका लागि माओवादीमा ढोका खुला भएको पनि बताएका छन् ।

असार २८ गते बालुवाटारबाट बाइपास भएपछि प्रचण्ड जनताका निकै प्यारा हुन खोजिरहेका छन् । उनले माओवादीको जनमत बढाउन हर प्रयास गरिरहेका छन् । र, बालेनलाई माओवादीमा भित्र्याउन चाहेका छन् । तर, बालेन माओवादीमा जाने सम्भावना छैन ।

बालेन अहिले माओवादीमा मात्र नभइ अन्य कुनै पनि राजनीतिक दलमा जाने वाला छैनन् । किन की आफूले राजनीतिक दलमा प्रवेश गरे जनमत घट्नेछ भनेर बालेनलाई राम्रोसँग थाहा छ । स्रोतका अनुसार बालेन यो कार्यकाल पछि फेरि काठमाडौँ महानगरको मेयरका लागि चुनावमा उठ्ने मनशायमा छन् । दोस्रो कार्यकालसम्म आफ्नो बलियो जनमत बनाएर पछि पार्टी खोल्ने बालेनको मनशाय हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार