मंगलवार, आश्विन १३ गते २०८३

रुसले भन्यो- युक्रेनसँगको अस्थायी युद्धविराम स्वीकार्य छैन

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको युक्रेनमा एक महिनाका लागि युद्धविराम वा हवाई रसैनिक आक्रमणहरू रोक्ने प्रस्तावलाई अस्वीकार गर्दै रुसले बिहीबार युक्रेनमा अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वको शीघ्र अन्त्यका लागि दबाब दिइरहेका छन् तथा युक्रेनलाई हतियार र खुफिया आपूर्ति रोकिदिएका छन् । यसबाट रुसी आक्रमणलाई रोक्न युक्रेनको क्षमतालाई कमजोर बनाएपछि सम्भावित युद्धविरामको चर्चा तीव्र छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताको पहिलो चरणका रूपमा आकाश र समुद्रमा आक्रमणहरू तुरुन्त रोक्न आह्वान गरेका छन् । साथै म्याक्रोनले फ्रान्सको ले फिगारो पत्रिकालाई पेरिस र लन्डनले ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ आक्रमणहरू समेट्ने एक महिनाको युद्धविराम प्रस्ताव गरिरहेको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार