काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ३ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार अर्थात आज प्रतितोला ५ सय रूपैयाँले घटेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ७० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कायम भएको थियो ।