मंगलवार, आश्विन २७ गते २०८३

स्रोत नखुलेको २८ लाख ९० हजार रकमसहित ४ जना पक्राउ

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रकमसहित चार जनालाई पक्राउ गरेको छ । नेपाली रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना हिजो पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले विहीबार दिउँसो बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के.सी. फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो । प्रहरीका अनुसार मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट १ हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरेको हो ।

यसैगरी प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै रहेका कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ बस्ने ४१ वर्षीय बसन्त खरेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार