काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।
आज बिहान १० बजे रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् । शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए ।
उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरूले पुगेर तोडफोड गरेका हुन् ।