सोमवार, आश्विन १९ गते २०८३

राष्ट्रिय गौरवका आयोजना सरकारको उच्च प्राथमिकतामा : मन्त्री देवेन्द्र दाहाल

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई-मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका छन् । सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने उनको भनाइ रहेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद मार्फत विभिन्न कार्यहरू गरिएको बताएका छन् ।

उनले भने, ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छ, ।’

मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार