काठमाडौँ । राजीव गुरूङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।
मुलुकी ऐन दण्ड सजायको ४१ (क) मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार मनाङेले २० प्रतिशत सजाय छुट पाएको सूचना अधिकारी श्रेष्ठले बताए ।