काठमाडौँ । नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ ।
जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए ।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरेका थिए भने ओली समूहको नेतृत्व उपाध्यक्ष गुरु बरालले गरेका थिए ।
भण्डारी समूहबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए । अध्यक्षमा राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो ।
राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।