बिहिवार, आश्विन १५ गते २०८३

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको छ । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सिइओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार