काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छन्।
नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियारको घरमा गएर वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
२४ वर्षिय विष्णु र ३१ वर्षिया सावित्रा विगत डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको पुष्टि भएको छ। उनीहरुले ०७८ साउन १९ मा ‘श्रीमान् श्रीमतीको हैसियतमा बस्ने र लगन आएपछि विवाह गर्ने’ तमसुक गरेका थिए।
तर सावित्रा साउन २३ मा विष्णुको घर गईन। त्याहाँ उनले अर्की युवती देखिन। ती युवती पनि विष्णुकै रहेको पत्ता लाग्यो। कतिसम्म भने उनीहरुको सम्बन्ध विगत ५ बर्षदेखिको रहेछ। यो देखेर बेचैन भएकी सावित्राले अन्नत: आत्महत्याको बाटो रोजिन।
सावित्राले घरको बलोमा सलले पासो लागेर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्णु देव पंजियारलाई नियन्त्रणमा लिएको छ । विष्णु देव नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए ।
इलेक्ट्रिसियन पदमा कार्यरत पंजियारसँग सावित्रासँग त्यहीँ चिनजान भएको थियो । मुलुकी अपराध संहिता–२०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर गरेमा कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।