बिहिवार, आश्विन १५ गते २०८३

आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार