काठमाडौं । जनमत पार्टीको केन्द्रीय कमिटी बैठक महोत्तरीमा सुरु भएको छ । आज महोत्तरीको बर्दीवासमा पहिलो दिनको केन्द्रीय समिति बैठक सुरु भएको हो ।
आज सुरु भएको केन्द्रीय समितिको बैठक भोलि सकिने छ । बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।
यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा रहेका छन् ।
बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराएका छन् ।