मंगलवार, आश्विन १३ गते २०८३

महिला टी२० आई सिरिज : नेपालले टस जितेर युगान्डाविरुद्ध पहिले बलिङ गर्दै

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । चार देशीय महिला टी२० आई सिरिजमा नेपालले घरेलु टोली युगान्डाविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल केहीबेर अघि सुरु भएको छ ।

युगान्डाविरुद्ध यसअघि भएका ५ खेलमा नेपाल २ खेलमा विजयी र ३ खेलमा पराजित भएको थियो । नेपाली टोलीमा आज ३ परिवर्तन भएको छ । शनिवार नामिबियाविरुद्ध मैदानमा उत्रिएका राजमती ऐरी, अलिशाकुमारी यादव तथा रचनाकुमारी चौधरी बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा बिन्दु रावल, ममता चौधरी तथा साना प्रविनले मौका पाएका छन् । सानाको यो राष्ट्रिय टोलीमा डेब्यु खेल हो ।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । नेपालको प्लेईङ-११ मा इन्दु बर्मा(क्याप्टेन), बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झनाकुमारी खड्का रहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार