काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताएका छन् ।
बरु वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था बदल्न सक्ने हिम्मत देखाउन र जनताको विश्वास जित्नतिर लाग्न उनले आग्रह गरे । आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ यस्तो चाहना पूरा हुन नसक्ने बताएका छन् । साथै सरकारलाई संविधान विरोधी गतिविधि हेरेर नबस्न जसपा नेपालका सांसद खादिलले आग्रह गरेका छन् ।
उनले भने, ‘सरकारले आफ्नो दायित्व पूरा गरोस्, सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्याउनै पर्छ ।’ सांसद खालिदले राजनीतिक दलहरूले राजावादीको गतिविधिबारे पार्टीको धारणा स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
संसद्मा नेकपा माओवादी केन्द्र, नेकपा एककृत समाजवादी लगायतका दलका सांसदले समेत राजावादीको गतिविधिबारे प्रश्न उठाइरहेका छन् ।