काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । उनी पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा केही समयअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
पूर्वराजा शाहलाई पोखरा विमानस्थलमा समर्थकहरूले बिदाइ गरेका थिए । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ ।
उनले काठमाडौंमा समर्थकलाई नमस्कार गर्दै स्वागत स्वीकार गरेका छन् । समर्थकहरूले शाहलाई निर्मल निवाससम्म पुर्याउनेछन् ।