काठमाडौँ । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको नयाँ नेता र प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ।
पार्टीले सोमबार आफ्नो घोषणामा कार्नीले वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ। लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा ब्रिटिस र क्यानेडियन केन्द्रीय बैंकका पूर्वप्रमुख मार्क कार्नीको विजय घोषणा गरे।
क्यानडाले धेरै कुरामा संकट सामना गरिरहेका बेला मार्क कार्नीले देशको जिम्मेवारी सम्हाल्दै छन्। क्यानडाले सामना गरिरहेको सबैभन्दा ठूलो संकट अमेरिकाबाट हो, जसका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ५१औँ राज्य बनाउन चाहेको बताइरहेका छन् भने क्यानडाविरुद्ध २५ प्रतिशत आयात शुल्क लगाउने घोषणासमेत गरेका छन्।