मंगलवार, आश्विन १३ गते २०८३

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौँ- इङ्‌लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए भने आर्सनलका लागि डेक्लान राइसले गरेका थिए । यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ ।

हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडि रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार