काठमाडौं । आइतबार बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय ८५ रुपैयाँमै स्थिर रहेको छ ।